गायिका सम्झना कडेंलको ”आकासै राम्रो जुन लाएर ” भिडियो सहित

काठमाण्डौं ।
गायिका टिका सानु , सम्झना कडेँल र गायक सुन्दर परियारको स्वरमा रहेको ”आकासै राम्रो जुन लाएर ” गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।

आफनो मायालुको हेराइ आफुलाई निकै मन पर्ने कुरा गायिकाले गीतमा ब्यक्त गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज गीतमा छ ।प्रकाश खड्काको छायाँकन , विनोद बमको सम्पादन तथा मान सिंह खड्काको निर्देशन भिडियोमा रहेको छ । ”आकासै राम्रो जुन लाएर ”गीतको भिडियोमा टिका सानु , सम्झना कडेंल , मान सिंह खड्का , किरण मगर , मनिषा र सजिनाको अभिनय रहेको छ ।

”आकासै राम्रो जुन लाएर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित