लोकप्रिय गायक जोहेब मानन्धरको नयाँगीत ‘जुनी भरलाई’ सार्वजनिक

काठमाडाैँ ।लोकप्रिय  गायक जोहेब मानन्धरको नयाँगीत ‘जुनी भरलाई’ को लिरीकल भिडियो लकडाउनको समय पारेर सार्वजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको समिश्रण रहेको उक्त बोलको गीतलाइ जोहेबकै आफ्नै यूट्यूब च्यानल डिजिटल प्ल्याटफर्म मार्फत विश्वव्यापी रुपमा हिजो सार्वजनिक भएको छ।
आफ्नै शब्द र आफ्ना दुई नया गीतको भिडिओको काम हुँदै गर्दा लकडाउनले काम रोकेको बेला यो तेस्रो नया गीतको अडिओ मात्र सार्वजनिक गरेको मानन्धर बताउँछन।
अहिले यो लक डाउनको समय खासै केही सांगीतिक गतिविधि नभैरहँदा आफ्ना श्रोताहरुले घरै बसेर पनि नयाँ गीतको आनन्द लिओस भन्ने धारणाले यो गीत रिलिज गरेको बताउँछ्न्।
। हाल सम्मको आफ्ना अरु गीत भन्दा अलि पृथक धारमा तयार गरिएको यो कम्पोज जोहेब आफैँलाई पनि निकै मन परेको गीत हो भन्छ्न्। यसको पनि भिडिओ बनाउने कुरा त छ अब श्रोताहरुको प्रतिक्रिया कस्तो आउँछ त्यही अनुसार कदम चालने जोहेब बताउँछ्न्।
गायक जोहेब अहिले अरुको लागि संगीत दिने र सिनेमा तिर पनि सङ्गीत दिन ब्यस्त छ्न् । सङ्गीतका साथै लेखनमा पनि शसक्त जोहेब । “म यस्तो गीत गाउँछु” देखि सोनु निगमले गाएको चर्चित गीत “म भएँ पागल” आदि उनकै शब्दका हुन्।

थुप्रै लेख कबिताहरु लेखेका गायक चाडै नै आफ्नो लेखनमा एउटा आफ्नो कथा संग्रह निकाल्ने तयारीमा छ्न्। सम्भवत यो लकडाउन पछि काम अघि बढ्ने छ्न्। अहिले लकडाउनमा यहि लेख्ने काम पनि भैरहेको गायक जोहेब भन्छ्न्।

दुई दशक भन्दा बढी नेपाली सांगीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको आफ्नै आवाज,शब्द र संगीत रहेको गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन्।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित