सारिका र सन्तोषको अभिनयमा“पागल ” सार्वजनिक

काठमाण्डौं ।
गायक अर्जुन परियार र गायिका सिता केसीको आवाजमा रहेको “पागल ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसगंलाई गीतमा समावेश गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा रेशम केसीको लय सिर्जना सार्वजनिक गीतमा रहेको छ । राम केसीको छायाँकन , अविनास डिसीको सम्पादन तथा समिर ठोकरको निर्देशन भिडियोमा रहेको छ । “पागल ”गीतको भिडियोमा सारिका केसी , सन्तोष श्रेष्ठ र रिदम श्रेष्ठको अभिनय रहेको छ ।

“पागल ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित