दिपक मैथाने मगरको शब्दमा ‘बैगुनी’ भिडियो सहित

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

। नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् । बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन् । मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको गीतमा प्रेम पछिको विछोडलाई समेटिएको छ । दिपक मैथाने मगरको शब्द विलज थापाको संगीत साथै एरेन्ज गीतमा रहेको छ ।

भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ अभिनय देख्न सकिन्छ । कुशल श्रेष्ठले भिडियोमा निर्देशन तथा सम्पादन गरेका छन ।

‘बैगुनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित