जन्मदिनमा गायक सुजनले गरे ‘साझा घर नेपाल’लाइ सहयोग

सुर्खेत, साउन १५ । पपगायक सुजन ढकालले जन्मदिन मनाउन गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘साझा घर नेपाल’लाइ आर्थिक सहयोग गरेका छन । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने आस्थाका कारण आफुले सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ‘साझा घर नेपाल’लाइ सहयोग गरेको गायक सुजनले जानकारी दिए ।


असहाय तथा अभिभावकबिहिन करिब बालबालिकाहरु रहेका ‘साझा घर नेपाल’ लाइ गायक सुजनले रु ६ हजार ६ सय ६ रुपैयाको आर्थिक सहयोग गरेका हुन् ।
बिगत ५ बर्ष देखि आफ्नो जन्मदिनको अबसर पारेर विभिन्न सामाजिक संथालाई सहयोग गर्दै आएका गायक सुजनले गत बर्ष गायक सुजनले नेपालगन्जमा रहेको असहाय, अशक्त र जेष्ठ नागरिकको हेरचाह गर्ने सस्था ‘निलसागर’ र ‘मानव सेवा आश्रम’ सुर्खेतलाई विभिन्न खाद्य र स्वास्थ्य सम्बन्धी सामग्रीहरु सहयोग गरेका थिए ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित